Logo

अर्थ

कम्पनीहरूलाई कडाइ गर्दै नेप्से, सूचना समयमै दिन अनिवार्य



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचीकृत कम्पनीहरूलाई समयमै वित्तीय विवरण र महत्त्वपूर्ण सूचना अनिवार्य रूपमा उपलब्ध गराउन कडाइ गरेको छ ।

अब त्रैमासिक वित्तीय प्रतिवेदन, लाभांश घोषणा, बुक क्लोज मिति लगायतका जानकारी तोकिएको समयभित्रै नेप्सेलाई दिनुपर्नेछ ।

धितोपत्र मूल्यमा असर पार्ने सूचना सोही दिन वा कारोबार सुरु हुनु अघि अनिवार्य रूपमा पठाउनुपर्नेछ । सूचना नपठाउने कम्पनीलाई नेप्सेले कारबाही गर्ने चेतावनी दिएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०८२, आईतवार १६:४२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।