Logo

अर्थ

ओझालाई बर्खास्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश



काठमाडौं । नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई बर्खास्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले सोमबार आदेश जारी गर्दै दुबै पक्षलाई अन्तरिम आदेश सम्बन्धमा छलफलका लागि बोलाएको छ ।

सरकारले ओझालाई पदबाट बर्खास्त गरेपछि आइतबार ओझो रिट लिएर सर्वोच्च अदालत पुगेका थिए ।

इजलासले बर्खास्तीको निर्णय तत्काल कार्यान्वयन नगर्न र नयाँ अध्यक्ष नियुक्ति प्रक्रियासमेत अघि नबढाउन आदेश दिएको हो ।

नयाँ अध्यक्ष नियुक्तिका लागि प्राधिकरणमा १४ जनाको आवेदन परेको छ । गएको भदौ २ गते बसेको सरकारको मन्त्रिपरिषद बैठकले ओझालाई प्राधिकरण अध्यक्षबाट बर्खास्त गर्ने निर्णय गरेको थियो ।

ओझाको योग्यता र अनुभवप्रति प्रश्न उठेपछि सरकारले पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति असार ३० मा गठन गरेको थियो । त्यसपछि उनी निलम्बनमा परेका थिए ।

 

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार १७:१२   :  बजे

120
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।