Logo

प्रमुख समाचार

लगानीकर्ताको सेयर सम्बन्धी अभिलेख सुरक्षित छ, शनिबारसम्म कारोबार हुँदैन: नेप्से



नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले आगामी आइतबारबाट मात्रै सेयर कारोबार खुल्ने जानकारी दिएको छ।

नेप्सेले बुधबार र बिहीबार कारोबार रोक्ने निर्णय गरेको प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिए।

यसअघि देखि नै शुक्रबार र शनिवार भने कारोबार हुने गरेको छैन। त्यसैले आइतबारबाट कारोबार हुने सम्भावना देखिएको छ।

नेप्सेले लगानीकर्ताको सेयर सम्बन्धी तथ्यांक सुरक्षित रहेको समेत उल्लेख गरेको छ। सुरक्षा संवेदनशीलताको कारण नेप्सेले दुई स्थानमा तथ्यांक राख्दै आएको छ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार ०९:१६   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।