Logo

अर्थ

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज छापावाल सुन तोलामा २ लाख १५ हजार ८०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि बिहीबार छापावाल सुन तोलामा २ लाख १४ हजार ७०० रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा २ हजार ५०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा २ हजार ५६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार १०:५३   :  बजे

291
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।