काठमाडौं । आइतबार सुनको मूल्य सामान्य घटेको छ । आज सुनको मूल्य ७०० रुपैयाँ घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आज सुन तोलामा २ लाख १५ हजार १०० रुपैयाँ कायम भएको हो ।
शुक्रबार छापावाल सुनको मूल्य तोलामा २ लाख १५ हजार ८०० रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य भने बढेको छ । शुक्रबार तोलामा २ हजार ५६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य २ हजार ५७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।




















प्रतिक्रिया