काठमाडौं । बन्दीपुर केबुलकारको आईपीओ बाँडफाँट भएको छ । भदौ ११ देखि १५ गतेसम्म आईपीओमा सर्वसाधारणका लागि आवेदन खुलाइएको थियो । बिक्री प्रवन्धक एसबीआई मर्चेन्ट बैंकिङले सो सेयर सोमबार साँझ बाँडफाँट गरेको हो ।
४ लाख ३४ हजार १०८ जनाले सेयर पाएका छन् । ती सबै आवेदकले १० कित्ताका दरले सेयर पाएका हुन् । आईपीओमा २४ लाख २२ हजार १७७ जनाले आवेदन दिएका थिए । आवेदन दिएका आवेदकमध्ये १७.९ प्रतिशतले सेयर पाएका छन् ।
अनलाइन प्रणाली आईपीओ रिजल्ट डट् सीडीएससी डट कम डट एनपीमा हेर्न सकिनेछ ।




















प्रतिक्रिया