Logo

अर्थ

जेनजी आन्दोलन: सिंहदरबार र आसपासका सरकारी निकायमा कति जले गाडी?



काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सिंहदरबार र आसपासका क्षेत्रमा सरकारी सम्पत्तिमा ठूलो क्षति पुगेको छ ।

आन्दोलनका कारण सरकारी निकायका ४४१ वटा साना गाडी तथा बस र ६०१ वटा मोटरसाइकल/स्कुटरमा क्षति भएको सरकारी तथ्यांकले देखाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मात्र ४७ गाडी र ७४ मोटरसाइकल जलेका छन् ।

सरकारी मुखपत्र गोरखापत्र दैनिकले सार्वजनिक गरेको एक विवरणमा सबैभन्दा धेरै सडक विभागका ६५ वटा चारपांग्रे सवारी साधनहरु नष्ट भएका छन् । सर्वोच्च अदालतका ५१ वटा, सहरी विकास तथा भवन निर्माण विभागका ५० वटा र अर्थ मन्त्रालयका ३६ वटा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका ३५ वटा चारपांग्रे गाडी नष्ट भएका छन् ।

यसैगरी शिक्षा मन्त्रालयका २६ वटा, गृह मन्त्रालयका २५ वटा, स्वास्थ्य मन्त्रालयका २२ वटा, युवा तथा खेलकुद मन्त्रालयका १९ वटा, संघीय संसद सचिवालयका १८ वटा, उपत्यका ट्राफिक प्रहरी कार्यालयका १८ वटा, वन तथा वातावरण मन्त्रालयका १७ वटा, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका ९ वटा चारपांग्रे गाडी जलेका छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलवार ११:३८   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।