Logo

अर्थ

नेप्सेमा दोस्रो नकारात्मक सर्किट ब्रेक



काठमाडौं । विध्वंसात्मक जेनजी प्रदर्शनपछि खुलेको नेप्से परिसूचकमा दोस्रो नकारात्मक सर्किट ब्रेक लागेको छ । पहिलो नकारात्मक सर्किट ब्रेक लागेर २० मिनेट बन्द भएर खुलेको कारोबारमा पुनः दोस्रो सर्किट ब्रेक लागेको हो ।

दोस्रो सर्किट ब्रेक लागेसँगै नेप्से परिसूचक ४० मिनेटका लागि कारोबार स्थगित भएको छ । कारोबार खुलेको २ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशत घटेपछि पहिलो सर्किट ब्रेक २० मिनेटको लागि स्थगित भएको थियो ।

त्यसपछि खुलेको बजारमा फेरि ५ प्रतिशत घटेपछि दोस्रो सर्किट ब्रेक लागेको छ ।

दोस्रो सर्किट ब्रेकपछि नेप्से परिसूचक १३३ अंक घटेर २५३८ मा कायम भएको छ । दुई पुनर्बीमा कम्पनी सामेल भएको अन्य समूह सबैभन्दा धेरै ८.९ प्रतिशत घटेको छ । बैंकिङ, विकास बैंक, लगानी र जीवन बीमा समूह ५ प्रतिशतभन्दा धेरै घटेका छन् ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार ११:४५   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।