Logo

अर्थ

गरिमा विकास बैंकको २ लाख १२ हजार कित्ता सेयर बिक्रीमा



काठमाडौं । गरिमा विकास बैंकले २ लाख १२ हजार बढी कित्ता सेयर बिक्रीमा राखेको छ । बैंकको संस्थापक समूहको २ लाख १२ हजार ८३४.६५ कित्ता सेयर बिक्रीमा राखिएको हो ।

यो सेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीबाहेक अन्य व्यक्ति तथा संस्थाले खरिदका लागि निवेदन पेस गर्न सक्नेछन् ।

काठमाडौंको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा १५ दिनभित्र खरिदका लागि निवेदन पेस गर्नुपर्नेछ ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार ११:००   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।