Logo

अर्थ

कुमारी बैंकको संस्थपक सेयर बिक्रीमा



काठमाडौं । कुमारी बैंक लिमिटेडले १ हजार ३२२ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकका केही संस्थापकम शेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि बैंक समक्ष निवेदन पेश गरेअनुसार बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बैंकले सेयर बिक्रीमा ल्याएको हो ।

सेयर खरिदका लागि संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा निवेदन दिनुपर्नेछ ।

शेयरको बिक्रीमूल्य भने शेयर बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार १२:३५   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।