काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले लगानीकर्ताको मनोबल बढाउन चाल्नुपर्ने प्रणालीगत तथा प्रकृयागत सुधार गर्न चार सदस्यीय कार्यदल गठन गरेका छन् । अर्थ मन्त्रालयले पुँजीबजार सुधारका लागि नेपाल धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा ४ सदस्यीय कार्यदल गठन गरेको हो ।
कार्यदलका सदस्यमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेन्ज (नेप्से)का कामु कार्यकारी निर्देशक निरञ्जन फुँयाल र अर्थ मन्त्रालयका उपसचिव शरद निरौला छन् ।
केसी नेतृत्व कार्यदललाई पुँजी बजारमा विकसित विसंगति तथा समस्याको अध्ययन गरी तत्काल आमलगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत तथा प्रक्रियागत सुधारका लागि आवश्यक सुझाव र ठोस कार्यान्वयन कार्ययोजना पेस गर्ने जिम्मेवारी दिइएको छ ।
अर्थमन्त्रीस्तरको निर्णयबाट गठित कार्यदलले ५ दिनभित्र कार्ययोजना पेस गर्नुपर्ने समयसीमा रहेको छ ।




















प्रतिक्रिया