भाटभटेनीको १२ वटा स्टोर जलेर नष्ट भएपनि काम गर्ने कर्मचारीलाई जागिरबाट ननिकाल्ने भएको छ ।
‘जेनजी’ प्रदर्शनबाट ध्वस्त भएको भाटभटेनीले आफ्नो सुपर स्टोरमा काम गर्ने कोही पनि कर्मचारीलाई जागिरबाट ननिकाल्ने भएको हो ।
जेनजी प्रदर्शनकारी भाटभटेनीका विभिन्न स्टोरहरुमा आगजनी गरेर क्षति पुर्याएका थिए ।
भाटभटेनीमा ठूलो क्षति भए पनि कोही पनि कर्मचारीलाई जागिरबाट ननिकाल्ने र दशैं भत्ता समेत दिइने भएको छ ।
हाल भाटभटेनीका विभिन्न स्टोरहरुमा १० हजार बढी कामदार कार्यरत छन् ।




















प्रतिक्रिया