लामो प्रतीक्षापछि सुनसरीको धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि २ अर्ब २० करोड ७४ लाख ५९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
शनिबार उपमेयर अइन्द्रविक्रम बेघाले नगरसभामा बजेट प्रस्तुत गर्दै यो वर्ष सामाजिक पूर्वाधार निर्माण, खानेपानी, शिक्षा, कृषि र रोजगारी सिर्जनालाई मुख्य प्राथमिकतामा राखिएको बताए।
नगरपालिकाले २० वटै वडामा सन्तुलित विकास सुनिश्चित गर्न बजेट वितरण गरेको छ।
कुल बजेटका स्रोतमा आन्तरिक राजस्वबाट ८० करोड ५३ लाख ६५ हजार, संघीय सरकारको अनुदानबाट ८९ करोड २९ लाख, प्रदेश सरकारको अनुदानबाट ७ करोड ७३ लाख ४४ हजार, राजस्व बाडफाँडबाट ३४ करोड १८ लाख ५० हजार, नेपाल सरकारको सडक कोष तथा अन्य निकायबाट २ करोड, गत वर्षको मौज्दातबाट ७ करोड र अन्य स्रोतबाट रकम संकलन गरिएको उपमेयर बेघाले जानकारी दिए।




















प्रतिक्रिया