काठमाडौं । सागर डिस्टिलरीको आइपीओमा आवेदन दिने आज (असोज ५ गते) अन्तिम दिन रहेको छ ।
कम्पनीले सर्वसाधारणका लागि गत भदौ ३० गते आइपीओ बिक्री खुला गरेको थियो । यो आइपीओमा असोज २ गतेसम्म आवेदन दिन पाउने व्यवस्था थियो। तर, सरकारले राष्ट्रिय शोकमा असोज १ गते सार्वजनिक बिदा दिएकोले अब यो आइपीओमा आज असोज ५ गतेसम्म आवेदन दिने म्याद थप गरिएको हो ।
कम्पनीले जारी पुँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता आइपीओ निष्कासन गर्ने अनुमति पाएको छ । सोमध्ये १० प्रतिशतले हुन आउने १ लाख ४५ हजार २०० कित्ता शेयर विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।
कम्पनीले ५ प्रतिशत अर्थात ७२ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरिसकेको छ भने ४३ हजार ५६० कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीका लागि सुरक्षित गरेको छ । कम्पनीले सर्वसाधारणका लगानीकर्ताका लागि ११ करोड ९० लाख ६४ हजार रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल ११ लाख ९० हजार ६४० कित्ता शेयर निष्कासन गरेको छ ।
यो आइपीओमा लगानीकर्ताले धितोपत्र बोर्डका अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयहरु तथा सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन् ।
कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।




















प्रतिक्रिया