Logo

अर्थ

नेप्सेमा १११ अंकको सुधार, ९ अर्ब १७ करोडको कारोबार



काठमाडौं । आज सेयर बजार नेप्से परिसूचक भारी अंकले बढेर बन्द भएको छ । जेनजी आन्दोलनको पहिलो कारोबार गत विहीबार नकारात्मक सर्किट लागेसँगै बजार ६ प्रतिशतले घटेर समय अगार्व बन्द भएको थियो ।

आज भने नेप्से १११.७० अंकले बढेर २,६२३ को विन्दुमा कायम भएको छ ।

आज २२४ कम्पनीको सेयर मूल्य बढेको छ भने २८ कम्पनीको मात्रै मूल्य घटेको छ । आज ९ अर्ब १७ करोड माथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ ।  यस कम्पनीकाे ८३ करोड १३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ४८ करोड २६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै ९ कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज सिन्धु विकास बैंक, भुगोल इनर्जी, गुडविल फइनान्स, शिवम् सिमेन्ट, जोशी हाइड्रोपावर, अपि पावर कम्पनी, आँखु खोला जलविद्युत कम्पनी, बलेफि हाइड्रोपावर र हिमाल दोलखाका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ७.६४ प्रतिशतका दरले गुमाएका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आईतवार १५:२६   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।