Logo

अर्थ

निजी क्षेत्रमा ८० अर्ब बराबरको क्षति भएको आकलन, दोषीमाथि कडा कारबाहीको माग



काठमाडाैं । निजी क्षेत्रले सरकारसँग सुरक्षा, समन्वय र सहकार्यको माग गर्दै अर्थतन्त्रको पुनर्निर्माण तथा पुनरूत्थानका लागि आवश्यक सहयोग गर्न अनुरोध गरेको छ ।

आइतबार प्रधानमन्त्री सुशिला कार्कीसँग भएको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्दोलनका क्रममा निजी क्षेत्रले ठूलो जनधनको क्षति व्यहोरेको भन्दै तत्काल प्रभावकारी कदम चाल्नु पर्नेमा जोड दिए ।

महासंघको प्रारम्भिक तथ्यांक अनुसार हालसम्म निजी क्षेत्रमा करिब ८० अर्ब रूपैयाँ बराबरको क्षति भएको देखिएको छ । निजी क्षेत्रले अर्थतन्त्रमा ८१ प्रतिशत योगदान गर्दै ८६ प्रतिशत रोजगारी सिर्जना गरिरहेको अवस्थामा यसलाई सुरक्षित राख्न सरकार जिम्मेवार हुनुपर्ने उनले बताए ।

छलफलमा प्रभावित व्यवसायीलाई कर्जा पुनर्संरचना, पुनर्तालिकीकरण, आयकर छुट, मूल्य अभिवृद्धि कर दरमा समायोजन, ब्याज सहुलियत, भन्सार तथा शुल्क छुट जस्ता सुविधा तत्काल उपलब्ध गराउन महासंघले सरकारको ध्यानाकर्षण गराएको छ ।

साथै, सामाजिक उत्तरदायित्व अन्तर्गतको रकम पुनर्निर्माणमा खर्च गर्न पाउने व्यवस्था गर्न, नागरिक एपमार्फत व्यवसाय दर्ता तथा खारेजी गर्न सक्ने प्रणाली प्रभावकारी बनाउन र कर बुझाएपछि नविकरणको बाध्यता हटाउनुपर्ने माग पनि उठाइएको छ ।

अर्थतन्त्रको पुर्ननिर्माण नवनिर्माण र पुनरोत्थानका लागि निजी क्षेत्रले सरकारसँग आवश्यक सुरक्षा समन्वय र सहकार्यका लागि आग्रह गरेको छ । निजी क्षेत्रका प्रतिनिधिहरुसँगको भेटमा प्रधानमन्त्री कार्कीले सरकारले आर्थिक प्याकेज ल्याएर निजी क्षेत्रलाई अघि बढ्न सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आईतवार १६:३७   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।