काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले मन्त्रालयका तीन सहसचिवको जिम्मेवारी हेरफेर गरेका छन् ।
नयाँ व्यवस्थाअनुसार महेश आचार्यलाई वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख बनाइएको छ । यसअघि सो महाशाखा प्रमुख रहेका सेवन्तक पोखरेललाई वित्तीय संघीयता समन्वय महाशाखा प्रमुखमा सारिएको छ ।
त्यस्तै, वित्तीय संघीयता महाशाखा प्रमुख रहेका महेश बराललाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको प्रमुख तोकिएको छ । बरालसँगै यसअघि तालिम केन्द्रको नेतृत्व गर्दै आएका आचार्यले महाशाखा सम्हाल्ने भएका हुन् ।
तीन सहसचिवको जिम्मेवारी आइतबारबाट हेरफेर गरिएको अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले जानकारी दिए ।




















प्रतिक्रिया