काठमाडौं । नवनियुक्त सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदिश खरेलले पदभार ग्रहणसँगै पहिलो निर्णयमा ५ महिनाभित्र देशका प्रमुख १० शहरका सार्वजनिक स्थलहरूमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने घोषणा गरेका छन् ।
आज मन्त्रालयको पदभार ग्रहण गर्ने क्रममा मन्त्री खरेलले कर्मचारीहरूले ल्याएको प्रारम्भिक प्रस्तावमा केही थप गर्न निर्देशन दिँदै, सबै जनताले प्रविधिमा सहज पहुँच पाउनुपर्नेमा जोड दिएका थिए ।
निर्णय अनुसार काठमाडौं बाहिरका प्रमुख शहरका पार्क, बसपार्क, चोक, सार्वजनिक भवनलगायत स्थानहरूमा नि:शुल्क वाइफाइ सेवा उपलब्ध गराइनेछ ।
सूचना प्रविधिमा सबै क्षेत्रका नागरिकको पहुँच सुनिश्चित गर्ने उद्देश्यसहित मन्त्री खरेलको यो पहललाई प्रारम्भिक चरणमै दूरसञ्चार र डिजिटल पहुँच विस्तारतर्फको कदमका रूपमा हेरिएको छ ।




















प्रतिक्रिया