काठमाडौं । निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले भारतीय सहर कोलकातामा पुनः नियमित उडान सुरु गर्ने भएको छ । कम्पनीकाअनुसार आउँदो कात्तिक २ गते (अक्टोबर १९) देखि काठमाडौं–कोलकाता रुटमा नियमित उडान सुरु गरिनेछ ।
यसअघि बुद्ध एयरले २०७६ सालको जेठ १३ गते (२७ मे २०१९) मा कोलकातासम्म पहिलो पटक उडान भरेको थियो, तर नियमितता दिन नसकिएपछि सेवा रोकिएको थियो । अब भने कम्पनीले पुनः सेवा सुरु गर्दै सातामा तीन दिन-आइतबार, मंगलबार र बिहीबार-उडान गर्ने तालिका सार्वजनिक गरेको छ ।
काठमाडौंदेखि कोलकातासम्मको उडान अवधि करिब १ घण्टा ३० मिनेट हुनेछ । बुद्ध एयरले कोलकाताका लागि टिकट बुकिङ पनि खुला गरिसकेको छ ।
नेपाल र कोलकाताबीच पुरानो व्यापारिक सम्बन्ध रहेको र दुवै देशका नागरिकबीच व्यवसायिक तथा पर्यटकीय आवागमन हुने भएकाले यो सेवा पुनः सुरु गर्नुले दुई देशबीचको सम्बन्धमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ ।




















प्रतिक्रिया