Logo

अर्थ

इसेवा, खल्तीलगायतबाट पैसा कारोबारको सीमा बढ्यो, दिनमा ४० पटकसम्म कारोबार गर्न मिल्ने



काठमाडौं । मोबाइल वालेटबाट गर्न पाउने दैनिक कारोबार सङ्ख्याको सीमा बढेको छ । नेपाल राष्ट्र बैंकले चाडबाडलाई लक्षित गर्दै यो सीमालाई अस्थायी रूपमा वृद्धि गरेको हो ।

अहिले प्राकृतिक व्यक्तिले वालेटबाट दिनमा बढीमा १० पटकसम्म मात्रै कारोबार गर्न पाउने व्यवस्था छ । यसलाई बढाएर अधिकतम दैनिक ४० पटकसम्म कारोबार गर्न पाउने व्यवस्था गरेको हो ।

यो व्यवस्था असोज १३ गते (फूलपातीको दिन) देखि पूर्णिमाको दिनसम्म लागु हुनेछ । ईसेवा, खल्ती, नमस्ते पे लगायत वालेट अहिले सबैभन्दा धेरै प्रचलनमा छन् ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार ११:२५   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।