Logo

अर्थ

सहकारी दर्ता गर्न सहकारी नियमन प्राधिकरणको छुट्टै सफ्टवेयर निर्माण, असोजभित्र सेवा सुरु गर्ने



काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सहकारी दर्ताका लागि आफ्नो नयाँ सफ्टवेयर निर्माण गरेको छ । असोज महिनाभित्र उक्त प्रणालीमार्फत दर्ता प्रक्रिया सुरु गर्ने योजना बनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक डा. शेषनारायण पौडेलका अनुसार यो सफ्टवेयरले बचत तथा ऋण गर्ने सहकारी संस्थाको दर्ता, नियमन, अनुगमन र प्रतिवेदनसम्बन्धी सबै कामलाई समेट्नेछ । प्राधिकरणले नयाँ नियामकीय मापदण्ड अनुसार सहकारी संस्थाको दर्ता र सञ्चालनलाई अझ व्यवस्थित बनाउने कार्य अघि बढाएको छ ।

सहकारी ऐन २०७४ लाई स्पष्ट पार्न नियमावलीमा आवश्यक संशोधन गर्न मन्त्रालय र प्राधिकरणले गृहकार्य गरिरहेको समेत उनले जानकारी दिएका छन् । नयाँ अनलाइन प्रणालीमार्फत सहकारी संस्थाले दर्ताका लागि आवश्यक विवरण ६० दिनभित्र प्रविष्ट गर्नुपर्नेछ र प्रक्रिया पूरा भएपछि दर्ता प्रमाणपत्र उपलब्ध गराइने छ ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार १५:१६   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।