काठमाडाैं । माछापुच्छ्रे बैंक लिमिटेडको २७औँं वार्षिक साधारणसभा २०८२ साल असोज १० गते शुक्रवार होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न भएको छ ।
उक्त साधारण सभाले बैंकको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०८१/८२ को खुद मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चूक्ता पूँजीको ८ प्रतिशत लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
जसमध्ये, चुक्ता पूँजीको ४ प्रतिशत नगद र ४ प्रतिशत बोनस सेयर गरी जम्मा ८ प्रतिशत (कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।
माछापुच्छ्रे बैंक चालु आर्थिक वर्षमा वार्षिक साधारणसभा सम्पन्न गर्ने र लाभांश वितरण गर्ने पहिलो बैंक बन्न सफल भएको छ ।
बैंकले उक्त नगद लाभांश दशै अगाडी नै सम्बन्धित सेयरधनीको खातामा पठाइसक्ने छ । बोनस सेयर वितरण पश्चात बैंकको कुल चुक्ता पूँजी १२ अर्व ८ करोड पुग्नेछ । बैंकले गत आर्थिक वर्षमा १अर्ब ८८ करोड रुपैंया खुद नाफा गरेर प्रतिसेयर आम्दानी १६ रुपैंया २१ पैसा कायम गरेको थियो ।





















प्रतिक्रिया