Logo

अर्थ

प्रतितोला सात हजार चार सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार?



काठमाडौं । दसैँको केही दिन बन्द भएको सुनचाँदीको मूल्य निर्धारण आइतबारदेखि सुचारु भएको छ  । असोज १२ गतेपछि पहिलो पटक मूल्य निर्धारण हुँदा सुनको भाउ तोलामा ७ हजार ४०० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको मूल्य २ लाख ३० हजार ६०० रुपैयाँ कायम भएको छ ।

यसैगरी असोज १२ मा २ हजार ८१० रुपैयाँ कायम भएको चाँदीको मूल्य २ हजार ९३० रुपैयाँ पुगेको छ। आइतबार कायम भएको सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च हो ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आईतवार ११:४९   :  बजे

213
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।