Logo

अर्थ

निगमको उद्धार उडान : काठमाडौं–भैरहवा मात्र ५–७ हजारमा



काठमाडौं । नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान गर्ने एयरवसको ए३२० २००० सिरिजको न्यारोबडी जहाजबाट काठमाडौं–भैरहवाको दुईतर्फी उद्धार उडान गर्ने भएको छ । निगमले देशमा बाढी र पहिरोका कारण सिर्जित विषम परिस्थितिलाई ध्यानमा राखेर यस्तो उद्दार उडान गर्न लागेको हो ।

निगमले सरकारको विशेष निर्देशन तथा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको सक्रियतामा आज असोज २० गते एक उद्धार उडान सञ्चालन गर्न लागेको निगमका प्रवक्ता सुवास डाँगीले बताए ।

असोज २० गते दिउँसो १ बजे १५८ सिट क्षमताको विमानमार्फत उडान हुनेछ । अशक्त, वृद्धवृद्धा, बिरामी तथा अत्यावश्यक यात्रुलाई प्राथमिकता दिइनेछ। भैरहवाबाट २:४५ बजे काठमाडौं फर्किनेछ ।

काठमाडौंबाट भाडा ५ हजार र भैरहवाबाट फर्किंदा ७ हजार रुपैयाँ तोकिएको छ । निजी एयरलाइन्सको तुलनामा यो भाडा कम हो । यात्रुहरूले समयमै टिकट बुक गर्न निगमले आग्रह गरेको छ ।

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार १३:१२   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।