Logo

अर्थ

मञ्जुश्री फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडाैं । मञ्जुश्री फाइनान्सले गत आवका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज २२ गते बुक क्लोज गर्दैछ । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको उक्त लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।

लाभांश पारित गर्न कम्पनीले असोज ३१ गते साधारणसभा आयोजना गर्दैछ ।

गत असोज ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरुलाई हाल कायम रहेको कम्पनीको चुक्तापूँजीको १५ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलवार १०:५३   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।