काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले बिक्रीमा ल्याएको हकप्रद सेयर बिक्री हुन नसकेपछि आवेदन दिने समय थप गरिएको छ ।
बैंकले असोज २ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन दिने म्याद थप गरिएको हो ।
असोज २२ गतेसम्मको समय तोकेर हकप्रद बिक्री खुल्ला गरिएकोमा उल्लेख्य आवेदन भने परेन । जसले गर्दा बैंकले हकप्रद बिक्रीको समय थप गर्नु परेको हो । अब बैंकको शतप्रतिशत हकप्रद सेयरमा कात्तिक ९ गतेसम्म आवेदन दिन सकिने भएको छ ।
बैंकले २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँ बराबरको २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद शेयर निष्काशनमा ल्याएको छ ।




















प्रतिक्रिया