Logo

अर्थ

सेयर बजारमा ४५ अंकको गिरावट, ५ अर्ब ७६ करोडकाे कारोबार



काठमाडौं । सेयर बजार आज पनि रात्ताम्मे भएर बन्द भएको छ । नेप्से परिसूचक ४५.३६ अंकले घटेर २५५९ को विन्दुमा कायम भएको छ ।

आज १८ वटा कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने २३२ कम्पनीको मूल्य घटेको छ ।

आज ५ अर्ब ७६ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको २६ करोड १६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर २०८७ का इकाईधनीले कमाएका छन् । यसका इकाईधनीले ७ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै प्रभु इन्स्योरेन्सका लगानीकर्ताले गुमाएका छन् । यसका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार १५:२५   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।