Logo

अर्थ

पहिलो सर्किट ब्रेकपछि सम्हालियो बजार



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचकमा आज उल्लेखनीय सुधार देखिएको छ । कारोबार सुरु भएको केही मिनेटमै बजार ४ प्रतिशतले अर्थात् १०२ अंकले उकालो लागेपछि पहिलो सर्किट ब्रेक लाग्यो । सर्किट ब्रेकपछि २० मिनेटका लागि स्थगित गरिएको बजार पुनः खुलेपछि स्थिति सम्हालिएको छ ।

११:३० बजेसम्म नेप्से ५० अंकले उकालो लागेर २६०९ अंकमा पुगेको छ । यस अवधिमा कूल कारोबार रकम १ अर्ब १० करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो दिन राष्ट्र बैंकले सेयर कर्जामा तोकिएको २५ करोडको सीमा हटाउने निर्णय गर्दै बैंक तथा वित्तीय संस्थालाई सेयर कारोबारमा थप सहजता दिएको थियो ।

 

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार ११:४२   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।