Logo

अर्थ

२२ अंकले बढ्याे सेयर बजार, ५ अर्ब २७ करोडकाे काराेबार



काठमाडौं । आज सेयर बजार दोहोरो अंकले बढेको छ । आज सेयर कारोबार खुलेको ३ मिनेटमै सकारात्मक सर्किट ब्रेक लागेको थियो । त्यसपछि २० मिनेटपछि खुलेको बजार हरियाली भएर बन्द भएको हो ।

नेप्से परिसूचक २२.५९ अंकले बढेर २५८२ को विन्दुमा कायम भएको छ ।

आज २०० कम्पनीको सेयर मूल्य बढेको छ भने ४१ कम्पनीको मूल्य घटेको छ ।

आज ५ अर्ब २७ करोड माथिको सेयर कारोबार भएको हो । आज सबैभन्दा धेरै शिवमे सिमेन्टको सेयर कारोबार भएको छ । यस कम्पनीको २७ करोड ३४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एशियन हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यसका लगानीकर्ताले ५.५४ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै थ्रि स्टार हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । यसका लगानीकर्ताले ९ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार १५:१५   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।