Logo

अर्थ

उच्च मूल्यबाट ४ हजार २ सय घट्यो सुन, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य शुक्रबार घटेको छ । आज प्रतितोला ४ हजार २ सय रुपैयाँ मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ३५ हजार रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन २ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य तोलामा ६० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार २५ रुपैयाँमा कारोबार भएकोमा आज ३ हजार ८५ रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार ११:३१   :  बजे

183
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।