Logo

अर्थ

सानिमा बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन



काठमाडौं । सानिमा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थका लागि भोलि असोज २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ आज असोज २६ गतेसम्म कायम शेयरधनीहरुमात्रै बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् ।

बैंकले वार्षिक साधारणसभा आउँदो कात्तिक २ गते आयोजना गर्ने निर्णय गरेको हो । सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा बिहान १० बजेबाट सुरु हुनेछ ।

सभाले गत आर्थिक वर्ष २०८१/८२ प्रस्तावित नगद लाभांश पारित गर्नेछ । जसअनुसार बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ७.३६८५ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्नेछ ।

सभाले १०० रुपैयाँ अंकित दरका कुल २ अर्ब रुपैयाँबराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आईतवार ११:५७   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।