Logo

अर्थ

सेयर बजारमा दोहोरो अंकको गिरावट, ३ अर्ब २७ करोडकाे काराेबार



काठमाडौं । आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १८.४० अंकले घटेर २४८७ को विन्दुमा कायम भएको छ ।

आज ४५ कम्पनीको सेयर मूल्य बढेको छ भने १९७ कम्पनीको मूल्य घटेको छ ।

आज ३ अर्ब २७ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै मुक्तिनाथ विकास बैंकको सेयर कारोबार भएको छ । यस बैंकको १५ करोड ३० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै हिमालयन पावर पार्टनरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.९३ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै समाज लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार १५:१८   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।