काठमाडौँ । एनआईसी एशिया बैँक लिमिटेडले नबिल बैँकका डेपुटी सिईओ सुजित कुमार शाक्यलाई प्रमुख कार्यकारी अधिकृत(सीइओ) बनाउने भएको छ।
सिइओ रोशन कुमार न्यौपानेले राजिनामा दिएर बैंकबाट बाहिरिएपछि डेपुटी सीईओ सन्तोषकुमार राठीलाई कार्यवाहक सीइओ नियुक्त गरेको बैंकले बाहिरका व्यक्ति ल्याएर बैँक सुध्रिन्छ भन्ने महत्वकाँक्षा बोकेर महिनौँ दिनसम्म सीइओ खोज्यो । तर, कोहि कसैले चासो नदेखाएपछि संचालक समितिले आफ्नै बैंकबाट ‘भीआरएस’ मा निकालिएका शाक्यलाई सीइओ बनाउन लागेको हो। शाक्यलाई नबिल बैंकबाट निकाल्ने तयारी गरिएको थियो । यसको जानकारी पाएपछि शाक्य जागीर खोजिरहेका थिए ।
एनआईसी एशिया बैँकले सुरुमा नबिल बैंक पूर्व सीइओ ज्ञानेन्द्र ढुङ्गानालाई अफर गर्यो । तर, उनले स्वतन्त्र रुपमा काम गर्न नपाईने प्रवृति र सँचालक समितिको नियन्त्रणमा रही काम गर्नुपर्ने भएपछि उक्त प्रस्ताव ठाडै अस्विकार गरिदिए ।
ढुङ्गानाले अस्विकार गरेपछि बैँकले एनएमबी बैँकका पूर्व सिईओ सुनिल केसीलाइ अफर गर्यो । उनले पनि बैंकको नाजुक वित्तीय अवस्था र त्यसमाथि संचलाक समितिको प्रत्यक्ष दवावमा काम गर्न नसक्ने बताएपछि केहि सीप नलागेर नबिलका डेपुटीबाटै काम चलाउने भएको छ ।
योसँगै बैँकका अध्यक्ष तुलसीराम अग्रवाल नै बैंक डुबाउन उद्दत् छन् भन्ने प्रष्ट हुन्छ । सिईओलाई स्वतन्त्र रुपमा काम गर्न नदिने प्रवृत्ति बैँकले फेरि पनि दोहोर्याएको छ । जबसम्म व्यवस्थापनले आफ्नो ढङ्गबाट काम गर्न सक्दैन तबसम्म बैँकको वित्तीय अवस्था सुधार हुने देखिँदैन् । शाक्य बोर्डको जयजयकार गर्ने सर्तमा सिईओ बन्दैछन् ।
यसअधिका सिईओ न्यौपानेले पनि स्वतन्त्र रुपमा काम गर्न पाएनन् । त्यस्तै न्यौपानेभन्दा अघि सिईओ रहेका ससिन जोशीले पनि बोर्डको अनावश्यक हस्ताक्षेप खेप्न नसक्ने भन्दै राजिनामा बुझाएका थिए । ससिनले बैँक छोडेपछि नाजुक बनेको बैँकको वित्तीय अवस्था संकाटग्रस्त अवस्थामा छ । तर, संचालक समिति भने यसको सम्पूर्ण दोष व्यवस्थापनमाथि थोपर्दै जिम्मेवारीदेखि पन्छिँदै आएको छ ।
नबिल बैँकको लोभलाग्दो प्रगती देखेरै त्यहाँका कर्मचारी ल्याइ संकटग्रस्त वित्तीय अवस्था सुधार्न खोजिएको बैंक युनियनका कर्मचारीहरु बताउँछन् । तर, शाक्यको आगमनले बैंकको वित्तीय अवस्था सुधार हुन्छ भन्नेमा विश्वस्त हुन भने सकिन्न। किनकी उनी व्यवस्थापनमा निकै कमजोर छावी बनाएका व्यक्ति हुन् । त्यसमाथि बैंकभित्रै भएका कर्मचारीको मनोवल गिर्ने गरी सोहि पोजिसनका विवादित व्यक्ति बाहिरबाट ल्याएर सीइओ नियुक्त गर्दा आन्तरिक व्यवस्थापन सुधार हुने देखिन्न ।
को हुन् शाक्य ?
सुजित कुमार शाक्य एनआईसी एशिया बैँककै पूर्व कर्मचारी हुन् । उनी साबिकको बैँक अफ एसियामा कार्यरत थिए । मर्जरपछि बैँकले उनलाई भिआरएसमा निकाल्यो । एनआईसीबाट निकालिएपछि उनी सिभिल बैंक गए । संचालक तथा व्यवस्थापनसँग टर्म नमिलेपछि सिभिलबाट पनि निकालिएका शाक्य जनता बैँक गए । जनता बैँकका डेपुटी सीइओ भएका उनी ग्लोबल आईएमइसँग मर्ज भएपछि चन्द्र ढकालसँगको मनमुटावका कारण त्यहाँबाट पनि भिआरएस लिएर निकिएका थिए ।
केहि समयपछि नबिल बैँक छिरेका उनलाई चौधरीले पनि पत्याएनन् । सिनियर हुँदाहुँदै पनि उनलाई हटाएर चौधरीले मनोज ज्ञवालीलाई सिनियर बनाएपछि उनले त्यहाँ पनि व्यवस्थापनलाई असहयोग गर्न आन्तरिक राजनीतिक एवं गुटबन्दी सुरु गरे । शाक्यले काम गरेका कुनै पनि बैंकमा आफ्नो कार्यकाल पुरा गरेका छैनन् उनी जहाँ जान्छन् भिआरएस लिन्छन् निस्कन्छन् ।
सिईओ ज्ञवालीका कार्यसम्पादन समेत अप्ठ्यारो पार्न थालेपछि उनलाई नबिल बैँक संचालक समितिले पनि हटाउने तयारी गर्यो । जसको सुईको पाएका शाक्यले एनआईसी एशियाको सीइओ बन्न चासो देखाए । संचालक समितिले जे-जे- भन्यो त्यहि गर्ने सर्तमा शाक्य बैंकको सीइओ बन्दैछन् । अब बस्ने बैंक संचालक समितिले उनलाई सीइओ नियुक्त गर्दैछ ।





















प्रतिक्रिया