Logo

प्रमुख समाचार

गण्डकीमा ७५ कर्मचारीको सरुवा, को कहाँ ? (सूचीसहित)



पोखरा । गण्डकी प्रदेश सरकार मातहतका कार्यालयबाट एकैपटक ठूलो संख्यामा कर्मचारीको सरुवा भएको छ ।

अधिकांश कार्यालय प्रमुखहरु सरुवामा परेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले ती कर्मचारीहरु सरुवा गरेको हो ।

कार्यालयका अनुसार विभिन्न समूहमा रहेका ७५ जना कर्मचारीको सरुवा भएको छ ।

प्रदेश प्रशासन समूहका १३ जना, स्वास्थ्य समूहका २० जना, वन तर्फ ४ जना, कृषितर्फका २७ जनाको सरुवा भएको छ ।

इन्जिनियरिङ तर्फका १० जनाको सरुवा भएको छ । मन्त्रिपरिषद्बाट मापदण्ड पारित भएपछि सोही आधारमा सरुवाको काम गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

[pdf-embedder url=”https://www.onlinepana.com/wp-content/uploads/2025/11/17633103568542_Saruwa-List-2082-07-30.pdf” title=”17633103568542_Saruwa List 2082-07-30″]

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार ०८:२६   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।