Logo

खेलकुद

एनपीएलमा ४० सीसीटीभी र २२ सयबढी सुरक्षाकर्मी परिचालन हुने



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको उद्घाटन खेलमा करिब २३ सय सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।

उद्घाटन खेलमा आज (मंसिर १) साबिक विजेता जनकपुर बोल्ट्सले काठमाण्डू गोर्खाजविरुद्ध प्रतिस्पर्धा गर्दैछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपराह्न ४ बजे सुरु हुनेछ ।

प्रतियोगिताको सुरक्षाका निम्ति करिब ४० सीसीटीभी क्यामेराबाट समेत निगरानी गरिने प्रहरीले जनाइएको छ ।

मंसिर २८ गतेसम्म चल्ने एनपीएलको सुरक्षार्थ १९०० प्रहरी परिचालन हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । २२५ सशस्त्र प्रहरी र २ सय प्राइभेट गार्ड खटाइने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

दिन र रातमा दुवै समयमा खेल हुने हुँदा एनपीएलको सबै पक्षको सुरक्षाका लागि सुरक्षाकर्मी खटिनेछन् ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार १४:०३   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।