Logo

प्रमुख समाचार

राष्ट्रिय सतर्कता केन्द्र सक्रिय रूपमा अघि बढ्ने, प्रधानमन्त्री कार्कीले दिईन् चार निर्देशन



भ्रष्टाचार र अनियमितताविरुद्धको अभियानलाई प्रभावकारी बनाउन राष्ट्रिय सतर्कता केन्द्र सक्रिय रूपमा अघि बढ्ने भएको छ।

प्रधानमन्त्री सुशीला कार्कीले बुधबार केन्द्रका सचिव सरजुकुमार वैद्यसँग छलफल गर्दै केन्द्रको भूमिकालाई अझ सशक्त बनाउन निर्देशन दिएकी छन् ।

भ्रष्टाचार रोकथामलाई प्राथमिकता
सार्वजनिक निकायमा हुने ढिलासुस्ती, अनियमितता र भ्रष्टाचारबारे प्राप्त उजुरीमा सतर्कता केन्द्रले प्रभावकारी ढंगले काम गर्नुपर्ने निर्देश। भ्रष्टाचार भएपछि मात्रै कारबाही होइन, भ्रष्टाचार हुनै नदिने वातावरण बनाउन जोड।

सेवा प्रवाहमा सुधार
सार्वजनिक निकायले दिने सेवालाई प्रभावकारी बनाउन नियमन र अनुगमन बढाउन भनिएको छ। केन्द्रले आफ्ना निर्देशन कार्यान्वयन भए–नभएको पनि नियमित रूपमा अनुगमन गर्नुपर्ने उल्लेख।

विकास योजनामा गुणस्तरीयता
विकास–निर्माणका योजनामा गुणस्तर कायम गरी समय र लागतभित्रै काम सम्पन्न गराउन सतर्कता केन्द्रले ध्यान दिनुपर्ने प्रधानमन्त्रीको निर्देशन। यसका लागि आवश्यक जनशक्ति र वित्तीय स्रोतको व्यवस्था गर्न पनि बताइयो।

जनताले महसुस गर्ने प्रभावकारिता
सतर्कता केन्द्रको काम आम नागरिकले प्रत्यक्ष महसुस गर्न सक्ने बन्दोबस्त गर्न प्रधानमन्त्रीले निर्देशन दिएकी छन्।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार २०:११   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।