Logo

खेलकुद

कर्णालीद्वारा चितवनलाई १६७ रनको लक्ष्य



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले ३ विकेट गुमाएर १६६ रन बनाएको हो ।

कर्णालीका प्रियांक पन्चालले ९० रन बनाए । पवन सर्साफले २७, म्याक्स डोआउडले २०, मार्क वाटले १६ रन बनाए ।

चितवनका रवि बोपारा, सैफ अली जैब र सोहेल तनभीरले एक/एक विकेट लिए ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलवार १३:३३   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।