काठमाडौं । एचपी ल्युब्रिकेन्ट्स आगामी सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को ‘आधिकारिक ल्युब्रिकेन्ट पार्टनर’ बनेको छ।
एचपीको नेपालका लागि अधिकृत वितरक एम.ए.डब्ल्यु पेट्रो प्रोडक्ट्स प्रा. लि. र नेपाल क्रिकेट संघ (क्यान) बीच यससम्बन्धी सम्झौता भएको हो।
मंगलबार त्रिवि क्रिकेट मैदानमा आयोजित एक कार्यक्रममा एम.ए.डब्ल्युका तर्फबाट कार्यकारी निर्देशक अंकुर खनाल र क्यानका सचिव पारस खड्काले सम्झौतापत्रमा हस्ताक्षर गरे।
साझेदारीले क्रिकेटको उच्च प्रदर्शन र एचपी ल्युब्रिकेन्ट्सको ‘पावर टु पर्फर्म’ भन्ने नारालाई एकै ठाउँमा ल्याएको कम्पनीले जनाएको छ। एम.ए.डब्ल्युले नेपालको बढ्दो क्रिकेट विकास यात्रामा समर्थन गर्न पाउँदा खुशी व्यक्त गरेको छ।




















प्रतिक्रिया