Logo

प्रमुख समाचार

वर्तमान प्रहरीको नयाँ नेतृत्व अब एक्सनमा जान्छ: प्रधानमन्त्री कार्की



प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारले प्रहरीको नयाँ नेतृत्व अब ‘एक्सन’मा जाने बताएकी छन्।

बुधबार सिंहदरबारमा भएको सर्वदलीय बैठकमा उनले प्रहरीमा नयाँ नेतृत्व आइसकेको र संगठन अब पूर्णरूपमा ‘एक्सन’मा जाने अवस्थामा रहेको बताएकी हुन्।

उनले सरकारका कारण प्रहरीको मनोबल खस्किएको आरोपको पनि प्रतिवाद गरिन्। प्रधानमन्त्री कार्कीले भनिन्, ‘प्रहरीको मनोबल हामीले दुई महिनामा खस्काएका होइनौँ। हिजो गैरघातक सामग्री र अरू बन्दोबस्तीका सामान नदिने काम हामीबाट भएको होइन।’

उनले अहिलेको सरकारले कुनै पनि फाइल मन्त्रालयमा नअड्काएको जिकिर गरिन्।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार २३:११   :  बजे

159
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।