काठमाडौं । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले अमेरिकाबाट ३५ जना नेपाली नागरिक डिपोर्ट भएर काठमाडौं आइपुगेको जनाएको छ ।
चार्टर्ड विमानमार्फत उनीहरू बुधबार बेलुकी काठमाडौं आइपुगेका हुन् ।
अमेरिकाबाट फर्काइएकामध्ये ३३ जना अवैध बाटोबाट पुगेकाहरु रहेको र उनीहरु ५० लाखदेखि एक करोडसम्म दलाललाई बुझाएर गएको ब्यूरोले बताएको छ। ३३ मध्ये १६ जना दाङका र १० जना रुकुमका रहेका छन् । बाँकी २ जना विद्यार्थी र पर्यटक भिसामा गएर अवैधरुपमा बसेबापत जेल परेका थिए ।
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएयता मात्रै ३१० नेपाली नागरिक डिपोर्टमा परेका छन् ।




















प्रतिक्रिया