Logo

प्रमुख समाचार

अनिवार्य अवकाशमा जान लागेका मुख्यसचिव एकनारायण अर्यालको बिदाइ



 

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निजामति क्षेत्रमा मुख्यसचिव एकनारायण अर्यालले दिएको योगदान अनुकरणीय रहेको बताएकी छन् ।
बुधबारदेखि अनिवार्य अवकाशमा जान लागेका मुख्यसचिव अर्यालको बिदाइका लागि मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।
अर्यालको मेहनत, समर्पण र प्रशासनिक नेतृत्व उच्च उदाहरणका रूपमा स्थापित भएको उनको भनाइ छ ।
अर्यालले आफ्नो लक्ष्यप्रति देखाएको प्रतिबद्धता, कार्यशैलीमा देखिएको अनुशासन र दीर्घ अनुभवले निजामति सेवामा महत्त्वपूर्ण छाप छोडेको उनले बताइन् ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलवार १९:५९   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।