Logo

प्रमुख समाचार

धनगढीमा महेश बस्नेतविरुद्ध जेनजीहरूको प्रदर्शन



धनगढी । नेकपा एमालेका नेता महेश बस्नेत धनगढी आउने भएपछि जेनजी युवाहरूले विरोध प्रदर्शन गरेका छन् । बुधबार दिउँसो धनगढीमा एमाले निकट युवा संघको सुदूरपश्चिम प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्न नेता बस्नेत धनगढी आउँदैछन् ।

उनीहरूले गुण्डुको गुण्डा गो ब्याक, जेनजीको रगतमाथि खेलबाड गर्न पाइँदैन जस्ता नारा लेखेर प्ले कार्डसहित सडकमा विरोध प्रदर्शन गरिरहेका छन् ।

बस्नेतको सुरक्षा र जेनजीको बिरोध प्रदर्शनलाई ध्यानमा राखि सडकमा नेपाल प्रहरी र सशस्त्र प्रहरी ठूलो संख्यामा परिचालन गरिएको छ ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार १४:०९   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।