Logo

प्रमुख समाचार

सर्वोच्च अदालत जलाएको आरोपमा ल क्याम्पसका पूर्वस्ववियू सभापति ढुंगेल पक्राउ



काठमाडौं । जेनजी आन्दोलनको क्रममा सर्वोच्च अदालत जलाएको आरोपमा नेपाल ल क्याम्पसका पूर्वस्ववियू सभापति विष्णु ढुंगेलले पक्राउ परेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालत जलाइँदा त्यहाँ देखिएका ढुंगेललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले पक्राउ गरेको हो ।

प्रहरी स्रोतका अनुसार पूर्वस्ववियु सभापति ढुंगेल र ती युवकबीच घटनाअघि र पछि पनि सम्पर्क देखिएका आधारमा उनलाई पक्राउ गरिएको हो । घटनापछि ढुंगेल सार्वजनिक सम्पर्कबाहिर थिए ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार १६:४५   :  बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।