Logo

कर्पोरेट फोकस

प्रभु बैंकको कावा सीईओमा निरज लम्साल नियुक्त



प्रभु बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा निरज लम्साल नियुक्त भएका छन्।

आइतबार राति बसेको बैंकको सञ्चालक समितिको आकस्मिक बैठकले लम्साललाई कामू सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो।

आइतबार दिउँसो बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेललाई प्रहरीले पक्राउ गरेपछि लम्सालले नयाँ जिम्मेवारी पाएका हुन्।

बैंकका सूचना अधिकारी रवीन्द्र ढकालका अनुसार वरिष्ठताका आधारमा लम्सालले नयाँ र थप जिम्मेवारी पाएका हुन्।

उनलेअनुसन्धान प्रक्रिया चलिरहे पनि बैंकको सेवा प्रवाहमा भने कुनै असर नहुने बताए।

प्रकाशित मिति : १४ मंसिर २०८२, आईतवार २३:०५   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।