Logo

प्रमुख समाचार

भूमि आयोग खारेज गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर



सर्वोच्च अदालतले भूमि आयोग खारेज गर्ने सरकारको निर्णय बदर गरेको छ । सोमबार न्यायाधीशद्वय सारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले यस्तो फैसला गरेको हो ।

सुशीला कार्की नेतृत्वको सरकारले असोज २३ गते भूमि समस्या समाधान आयोग र त्यस अन्तर्गतका जिल्ला समिति खारेज गर्ने निर्णय गरेको थियो ।

तर सो निर्णयविरुद्ध आयोगका अध्यक्ष हरिप्रसाद रिजाल सर्वोच्च पुगेका थिए ।

उनको रिटमाथि अन्तिम सर्वोच्चले आयोग कायम रहने फैसला सुनाएको हो । सरकारको निर्णयविरुद्ध रिजालले ९ कात्तिकमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

रिटमाथि सर्वोच्च अदालतले यसअघि अल्पकालीन अन्तरिम आदेश र फेरि अन्तरिम आदेश जारी गरेको थियो ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार २०:२९   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।