प्रभु बैंकका उच्च पदस्थ अधिकारीमाथि जारी अनुसन्धानमा पुनः दुई दिन म्याद थपिएको छ। बैंकिङ्ग कसूरसम्बन्धी गम्भीर आरोपका बीच सीआईबीले पक्राउ गरी अनुसन्धान गरिरहेको समूहको म्याद उच्च अदालत पाटनले सोमबार पुनः बढाएको हो। वाणिज्य इजलासका न्यायाधीश सोमकान्त मैनाली र केशवप्रसाद बास्तोलाको इजलासले सीईओ अशोक शेरचन, डीसीओ मणिराज पोखरेल, सीसीओ रिवाश श्रेष्ठ तथा राजेन्द्र शाक्यको थुनाम्याद अतिरिक्त दुई दिन राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो।
सीआईबीको दाबीअनुसार राष्ट्र बैंकले तोकेको नियमन तथा प्रचलित बैंकिङ कानुनविपरीत गतिविधि गर्दै बैंकलाई हानीनोक्सानी पुर्याइएको र सो अपराध ढाकछोप गर्न विभिन्न कम्पनीका नाममा करोडौँ रुपैयाँ कर्जा प्रवाह गरिएको तथ्य भेटिएको छ। कर्जा स्वीकृतिको प्रक्रिया, आन्तरिक स्वीकृति प्रणाली र जोखिम मूल्यांकनसम्बन्धी कागजातहरू सहजीकरण गरी दुरुपयोग गरेको आशंकामा अनुसन्धान तीव्र बनाइएको बताइएको छ।




















प्रतिक्रिया