Logo

प्रमुख समाचार

प्राइम बैंकका संस्थापक सीईओ मानन्धरको निधन



काठमाडौँ । नेपाली बैंकिङ क्षेत्रका एक अनुभवी र प्रतिष्ठित व्यक्तित्व नारायणदास मानन्धरको ८२ वर्षको उमेरमा निधन भएको छ ।

आइतबार बिहान उनको निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ ।

मानन्धर नेपालको २१औँ वाणिज्य बैंकका रूपमा स्थापित प्राइम कमर्सियल बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत (सीईओ) थिए ।

उनकै नेतृत्व र दूरदृष्टिका कारण प्राइम बैंकले स्थापनाको छोटो समयमै समकालीन बैंकहरूको तुलनामा नयाँ उचाइ हासिल गरेको थियो ।

सोही बैंकको सीईओ पदबाट उनले बैंकिङ जीवनबाट सक्रिय अवकाश लिएका थिए ।

प्राइम बैंकको नेतृत्व सम्हाल्नुअघि मानन्धरले तत्कालीन नेपाल बंगलादेश बैंक र लुम्बिनी बैंकको प्रमुख कार्यकारी अधिकृत भएर जिम्मेवारी निर्वाह गरेका थिए ।

उनले आफ्नो बैंकिङ करियरको लामो समय कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकको उच्च व्यवस्थापन तहमा रहेर बिताएका थिए ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आईतवार २२:०३   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।