Logo

राजनीति

यी हुन् रास्वपा केन्द्रीय समिति बैठकका एजेन्डा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक सोमबार बस्दैछ । बैठकका लागि ९ वटा एजेन्डा तय गरेको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए ।

केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी बैठक बोलाइएको रास्वपाका प्रवक्ता झाले जानकारी दिएका छन् । बैठक दिउँसो ३ बजे बस्ने गरी बोलाइएको छ ।

उनकाअनुसार सोमबारको बैठकमा पार्टीका गतिविधि ब्रिफिङ, केन्द्रीय सदस्यहरूको रिपोर्टिङ बैठकमा हुनेछ । यसका लागि २० जनालाई २ मिनेटको दरले समय छुट्याइएको झाको भनाइ छ ।

यी हुन् रास्वपाको केन्द्रीय समिति बैठकका प्रस्तावित कार्यसूची :
१. पार्टी गतिविधि ब्रिफिङ
२. केन्द्रीय सदस्यहरूको रिपोर्टिङ- (२० जना २ मिनेटका दरमा)
३. केन्द्रीय समिति पदाधिकारी मनोनयन सम्बन्धमा
४. महाधिवेशन कार्यविधि मस्यौदा सम्बन्धमा
५. विधान संशोधन सम्बन्धमा
६. स्थानीय तह उम्मेदवार क्लब गठन र आवेदन आह्वान सम्बन्धमा
७. प्रवासमा रहेका नेपालीहरूलाई प्रवासबाटै मताधिकार दिने सम्बन्धमा
८. सचिवालयका निर्णय अनुमोदन सम्बन्धमा
९. विविधः
क. विभिन्न आयोग, निकाय, पदाधिकारीबाट प्राप्त पत्राचार सम्बन्धमा
ख. विषयगत विभागको योजना तयारी र नीति मन्थन सम्बन्धमा निर्देशन
ग. संसदीय दलको विधान संशोधन सम्बन्धमा ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आईतवार १६:१६   :  बजे

111
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।