Logo

प्रमुख समाचार

मेरो विषयमा पार्टीले गर्ने निर्णयको पालना गर्छु, अनुसन्धानमा सहयोग गर्न तयार छु: गृहमन्त्री गुरुङ



काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफ्नो विषयमा उठेका प्रश्नहरूको जवाफ दिँदै अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै उनले आफूमाथि लागेका आरोपहरूको खण्डन गरेका हुन् ।

मन्त्री गुरुङले आफूमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै अनुसन्धानमा पूर्ण सहयोग गर्ने र पार्टीले गर्ने हरेक निर्णयलाई शिरोधार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘…म यति मात्र भन्न चाहन्छु, आरोप र सत्य एउटै कुरा होइनन् । निर्णय भावनाले होइन, प्रमाणका आधारमा हुनुपर्छ,’ गुरुङले भनेका छन्, ‘तथापि, म यस विषयमा पार्टीले गर्ने हरेक निर्णयको पूर्ण रूपमा पालना गर्नेछु र अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार छु ।’

उनले शहीदहरूको बलिदान र जेनजी आन्दोलनको मर्मले जिम्मेवार बनाउने भन्दै हल्लामा मात्रै नभइ प्रमाणमा उभिन आग्रह गरेका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार १४:०५   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।