काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले थापाथली क्षेत्रको सुकुमबासी बस्ती खाली गराउन सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका छन् ।
बुधबार आईजीपी दान बहादुर कार्की र सशस्त्र प्रहरीका आईजी राजु अर्यालसहितका उच्च सुरक्षा अधिकृतहरूलाई बोलाएर शाहले सो निर्देशन दिएका हुन्।
प्रहरी उच्च स्रोतका अनुसार आउँदो शनिबार र आइतबार सम्ममा बागमती खोला किनारको बस्ती खाली गराउन प्रधानमन्त्री शाहले निर्देशन दिएका हुन्।
काठमाडौँ महानगरपालिकाको मेयर हुँदा पनि बालेन्द्र शाहले सो सुकुमबासी बस्ती हटाउने प्रयास गरेको भए पनि उनी सफल हुन सकेका थिएनन्।




















प्रतिक्रिया